गाई भैसी पालन सम्बन्धि तिन दिने निःशुल्क कृषक तालिम बर्दिवासमा सम्पन्न

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवासमा गाई भैसी पालन सम्बन्धि तिन दिने निःशुल्क कृषक तालिम सम्पन्न भएको छ। बर्दिवास नगरपालिकाको आयोजनामा पशु बिकास शाखा कार्यालय बर्दिवासले सञ्चालन गरेको निःशुल्क कृषक तालिम आईतवार सम्पन्न भएको हो। तालिमको समापन कार्यक्रमलाई सम्बोधनगर्दै बर्दिवास नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत राममणी अधिकारीले कृषिसंग जोडिएको बिषय स्थानिय सरकारको प्राथमिकताको बिषय हुनुपर्ने बताएका छन् । उनले पशुपालनबाट उत्पादित बस्तुलाई सामुहिक बजारीकरण गर्न सकेमात्रै बिचौलियाको चंगुलबाट किसानलाई मुक्तगर्न सकिने जनाए ।
समुह वा सहकारीको माध्यमबाट पशुपालक किसानलाई जोड्नसके स्थानिय सरकार र अन्य संघ संस्था संग समेत सहयोग प्रप्तगर्न सकिने उनको भनाई रहेको छ । उनले भने,बिचौलियाको माध्यमबाट उत्पादित बस्तु बिक्रि गरेमा कृषकको नाफा बिचौलियाले लैजान्छन तर त्यहि उत्पादनलाई एकठाउँमा जम्मा गरेर सहकारी वा समुहको माध्यमबाट बिक्रिगर्न सके उत्पादित बस्तुको सम्पुर्ण फाईदा किसानलाई प्राप्त हुँन्छ । कुनै एक ब्यक्तिलाई नगरपालिकाले पशुपालनकोलागी सहयोगगर्न नसकेपनि समुह र सहकारी दर्ताभएर सञ्चालन गरीने हुँदा त्यस्ता समुह र सहकारीलाई नगरपालिकाले सहयोग गर्न सक्छ, त्यसै कारण तपाईहरु सामुहिक बजारीकरणमा लाग्नुस भनी आग्रह गर्दछु ।
अधिकारीले तालिममा सिकेको सिप र ज्ञानलाई आफ्नो परीवार, छिमेक र समाजमा समेत बाड्नुपर्ने कुरामा जोड दिदै सामुहिक कारोवारमा लागेर सकेसम्म बढी लाभ लिनुपर्ने बिचार ब्यक्त गरे।
बर्दिवास नगरपालिका भित्रका २८ जना कुषकलाई दिईएको गाई भैसी पालन तालिममा पशु क्वारेटाईन जनकपुरमा कार्यरत डाक्टर मुकेश नायक, डाक्टर अमर महतो,बर्दिवास नगरपालिका पशु बिकास शाखाका अधिकृत बिमलकान्त यादब,मोहन खड्का ले प्रशिक्षण दिएको बर्दिवास नगरपालिका पशु बिकास शाखाका अधिकृत मोहन खड्काले जानकारी दिए ।
गाइ भैसी पालक किसानलाई समय सापेक्ष,नयाँ प्रविधि,नयाँ आयाम र तरिका उपयोग हुँने गरी कम खर्चिलोमा गुणस्तरसहित उत्पादन गर्र्ने लक्ष्य लिएर दिईएको तालिममा गाई भैसीको गोठ निर्माण,गोठ सुधार तथा ब्यवस्थापन,१२महिना घाँस उत्पादन,हरीयो घाँस उत्पादन ,पशुको आहरा ब्यवस्थापन,पशुमा लाग्ने रोगहरुको लक्षण,उपचार,रोकथामका उपाय, पशु बिमाको जानकारी,आवश्यकपर्ने खोप,खोपको तालिका,खोप लगाउने समय,गर्भिनी माउको हेरचाह र नबजात बाछ्छा बाछ्छीको हेरचाह लगायतको बिषयमा प्रशिक्षण दिईएको बताईएको छ ।