सिन्धुलीमा दुर्घटना भएको मोटरसाइकलमा लागूऔषध फेला

[sharethis-inline-buttons]

आज्ञा खबर
सिन्धुली
सिन्धुलीमा दुर्घटना भएको मोटरसाइकलमा प्रहरीले लागूऔषध फेला परोको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत मरिण गाउँपालिका ७ देउजोरमा बिहीबार बेलुका ५ः३० दुर्घटनामा परेको मोटरसाइकलमा अनुसन्धान गर्दा लागूऔषध भेटिएपछि प्रहरीले चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

पक्राउ पर्नेमा कमलामाई नगरपालिका २ का राम बहादुर डिम्दोङ र साजन तामाङ सहित सोहि स्थानका १८ बर्षिय सागर तामाङ र २५ बर्षिय दिपक गौतम रहेका छन् ।

प्रहरीका अनुसार राम बहादुर डिम्दोङे रसाजन तामाङ धमला सवार मोटरसाइकल दुर्घटनामा परेको थियो । उनीहरु सवार बागमति प्रदेश ०१–००४ क १५६४ नं. बस र महेन्द्रझ्याडी बाट सिन्धुली तर्फ आउदै गरेको प्रदेश ३–०२–००६ प ३०८७ नं. मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटना पश्चात इलाका प्रहरी कार्यालय कपिलाकोट बाट प्रहरी घटनास्थल पुग्दा मोटरसाइकल चालक कमलामाई नगरपालिका २ का २३ बर्षिय राम बहादुर डिम्दोङ लाई केहि नभएको र २२ बर्षिय साजन तामाङ सामान्य घाइते भएकोले उनीहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोट पठाइएको थियो ।

प्रहरीले चेकजाँचको क्रममा उनीहरु सवार मोटरसाइकलको सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा ट्रामाडोल क्याप्सुल १३४ पिस र ट्रामाडोल हाइड्रो क्लोराइड क्याप्सुल १५४ पिस लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक सुनिल प्रसाद चौरसिया जानकारी दिए । पक्राउ परेकालाई जिल्ला अदालत सिन्धुलीबाट म्याद लिई थप अनुसंधान भई रहेको उनले जनाए ।