परराष्ट्रमन्त्री राणास्वीट्जरल्यान्ड जाँदै

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
परराष्ट्रमन्त्री आरजु राणा देउवा शनिबार स्वीट्जरल्यान्डको जेनेभा जाने भएकी छन् ।यहि फेब्रुअरी २४ देखि २६ सम्म जेनेभामा हुने संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को ५८औँ सत्रको उच्चस्तरीय बैठकमा भाग लिन उनी त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।परराष्ट्रमन्त्री राणाले त्याहा उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको क्रममा उनले विभिन्न देशका समकक्षीहरूका साथै, संयुक्त राष्ट्र संघका एजेन्सीहरू, अन्तर्राष्ट्रिय संस्थाहरूका प्रमुखहरू र अन्य विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

भ्रमणका बेला परराष्ट्रमन्त्री राणाले २०२७ देखि २०२९ सम्मको कार्यकालका लागि राष्ट्रसंघीय मानवअधिकार परिषद्मा नेपालको उमेदवारका पक्षमा समर्थन जुटाउने प्रयास पनि हुनेछ । परराष्ट्रमन्त्री राणा फेब्रुअरी २८ मा स्वदेश फर्किने परराष्ट्रले जनाएको छ ।