आज्ञा खबर
काठमांडौ
भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालका लागि न्यायको माग गर्दै पुल्चोक क्याम्पसका विद्यार्थीले विरोध ¥यालीसँगै हस्ताक्षर संकलन गरेका छन्।
नेविसंघ पुल्चोकले आयोजना गरेको विरोध ¥यालीमा क्याम्पसका विद्यार्थीहरू सहभागी भएका हुन् । पुल्चोक क्याम्पसबाट सुरु गरी लबिम मल हुँदै हरिहर भवनबाट पुनः पुल्चोक क्याम्पस डिन कार्यलयमा आएर र्याली सकिएको थियो । त्यसपछि विद्यार्थीले क्याम्पस गेटमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर संकलनमा क्याम्पसमा उपलब्ध धेरै विद्यार्थीहरुको उपस्थिति रह्यो।
पुल्चोकका विद्यार्थीले ‘प्रकृतीलाई न्याय दे ’,घटनाको‘निष्पक्ष छानबिन गर’ लगायतका प्लाकार्डसहित दबाबमूलक प्रदर्शन गरेका हुन् ।
“प्रकृति लम्सालले न्याय पाउन् र यस्तो घटना फेरि कहिल्यै नदोहोरियोस् भन्नका लागि हामीले विरोध प्रदर्शन गरेका हौँ !” नेपाल विद्यार्थी संघ पुल्चोक क्याम्पसका इकाई सभापति विक्रम भण्डारी भन्छन् ! अन्य विद्यार्थीहरूले पनि आफूहरू प्रकृतिको न्यायको लागि उपस्थित भएको जनाए।