आज्ञा खवर
वर्दिबास
वर्दिबास नगरपालिका अन्तर्गतको ”वर्दिवास नगरपालिका सस्कृति तथा पर्यटन प्रवद्र्धन समिति”ले आज एक कार्यक्रमको विच वर्दिबास नगरपालिकामा भर्खर मात्र सरुवा भएर आउनु भएका कार्यकारी प्रमुख राममणि अधिकारीलाई स्वागत गरेको छ । समितिका संयोजक हिरा गौतमले मायाँको चिनो र खादाँ लगाएर वहालाई स्वागत गरेका हुन् ।
अधिकारीलाई स्वागत गर्दै संयोजक गौतमले पर्यटन प्रवद्धनको लागि काम गर्ने क्रममा विगत २ वर्षदेखि समितिले गरेको काम र चुनौतिको वारेमा प्रष्ट पारेका थिए । नगरको सिमित वजेटवाट अपेक्षित काम गर्न नसकिरहेको परिप्रेक्ष्यमा नयाँ कार्यकारी प्रमुखको सहयोगले केहि गर्ने आशा जागेको वताए । आफु पर्यटन प्रवद्र्धनको लागि सिंगो मधेश समेटेर हिडिरहेको अवस्थामा आफ्नो ठाउँमा पनि केहि गर्नुपर्ने चुनौति स्विकारेको गौतमले वताए ।
कार्यक्रममा आफ्नो धन्यवाद मन्तव्य राख्दै प्रमुख प्रशासकिय अधिकृत राममणि अधिकारीले आफ्नो क्षेत्रको पर्यटन विकासमा धेरै काम गर्न सकिन्छ भन्ने लागेको हुँदा अव केहि परिणाममुखि काम गरेर देखाउन सहयोग गर्ने वताए । पर्यटन प्रवद्र्धनकालागि पुर्वाधार, प्रवर्धन, आर्थिक दिगोपनामा स्थायिन जनतालाई जोड्न सक्नु पर्ने वताए । ”हामि संग धेरै ठुलो पर्यटकिय क्षेत्र नभएकाले भएकालाई संरक्षण र नयाँ वनाउन पहल गर्नुपर्ने वताए ।“ नगरले गर्ने कामको लागि सहजिकरणको लागि सदस्य सचिवको पनि व्यवस्था गरीएको वताए । तपाई हामि सवै मिलेर सस्कृति तथा पर्यटन प्रवद्र्धनको लािग सम्भाव्यता अध्ययन गरी विस्तृत कार्ययोजना निर्माण गरी मन्दीर, पुरातात्वीक वस्तुहरुको विज्ञटोली मार्फत त्यसको खाँका तयार गर्नुपर्ने वताए ।
साथै नगरमा भर्खर मात्र सरुवा भई आएका अधिकृत तथा समितिका सदस्य सचिव दिपेश काफ्लेलाई पनि स्वागत गरीएको थियो । वोल्ने भन्दा नि काम गर्ने नगर प्रमुख भएको समयमा पछि आउने पुस्ताले पनि सम्झने गरी काम गर्न समिति लागिपरेको सहभागिहरुले वताएका थिए । मकुन्द प्रसाद पौडेलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन भने समितिका सचिव नारायण घिमिरेले गरेका थिए ।