आज्ञा खवर
सल्यान
सल्यानमा एक आमाले क्रूर अपराध गरेको घटना बाहिरिएको छ । जिल्लाको वनगाड कुपिन्डे नगरपालिका ११ की २६ वर्षीया पूर्णिमा राना मगरले प्रेमीलाई आफू अविवाहित रहेको भनेर पुष्टि गर्न आफ्ना दुई छोरीको हत्या गरेको घटना बाहिरिएको हो । सल्यानको कुपिन्डे–११ कि २६ बर्षिय महिला जो ३ बर्ष र ६ महिनाकी दुई छोरिहरुकि आमा हुन ।
श्रीमान ज्यालामजदुरी गर्न धेरै जसो घर बाहिर नै हुन्छन, उनी सामाजिक संजाल मार्फत एउटा युवकको प्रेममा पर्छिन । युवकलाई आफू अविवाहित रहेको बताउछिन । भिडियो कलमा ती छोरिहरु देखिँदा दिदिको छोरिहरु हुन भन्छिन् । प्रेम सम्बन्ध झन प्रगाढ हुँदै जान्छ र बिहे गर्ने निधो हुन्छ र भेट गर्ने मिति नजिक आउछ, अनि ती महिलाले आफू बिबाहित भएको लुकाउन दुई छोरिहरुको घाँ!टी थिँचेर ह!त्या गरेकी छन । प्रहरीले अनुसन्धान गर्दा प्रेमी र श्रीमानको कुनै गल्ती छैन । श्रीमानले त एकपटक प्रेमिसंग कुरा भएको देख्दा पनि यस्तो नगर, हाम्रो छोरिहरु छन भनी सम्झाएका थिए ।
