राष्ट्रिय परीचयपत्र अव नागरीक एपमा पनि

[sharethis-inline-buttons]

आज्ञा खवर
काठमाडौ

सरकारले अनिवार्य गरेको राष्ट्रिय परीचयपत्रलाई सर्वोच्च अदालतको फुल वेन्चले पनि सदर गरेपछि यसको अनिवार्यता कायम भएको छ । धेरै नागरीकले परिचयपत्र वनाईसकेका छन् भने नवनाउनेहरुले पनि अव अनिवार्य वनाउनु पर्ने छ । यसैक्रममा नागरिक एपले राष्ट्रिय परिचयपत्रलाई समावेश गरेको छ ।

एपको हालैको अपडेटसँगै राष्ट्रिय परिचयपत्र लिङ्क गर्ने सुविधा उपलब्ध गराइएको हो । यो सुविधाले एपलाई अझ प्रभावकारी बनाउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ । नयाँ संस्करणमा राष्ट्रिय परिचयपत्र (एनआईडी) लिङ्क गर्ने फिचर थप गरिएको छ ।

राष्ट्रिय परिचयपत्र लिङ्क गरेपछि नागरिक एपमा प्रमाणीकृत डेमोग्राफिक विवरण, फोटोजस्ता व्यक्तिगत विवरण सहजै हेर्न सकिनेछ । यसले नागरिक एपमार्फत केवाईसी अपडेट गर्न र व्यक्तिको प्रमाणीकरण प्रक्रिया सरल बनाउने विश्वास गरिएको छ ।

बैंक खाता खोल्न नागरिक एपको प्रयोग हुने भएकाले राष्ट्रिय परिचयपत्रको समावेशले ठगी तथा स्क्याम जस्ता गतिविधिहरूलाई रोक्न थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सहकार्यमा एपमा राष्ट्रिय परिचयपत्र समावेश भएको हो । जसवाट नक्कलि व्यक्ति वनेर सरकारी काम किर्तेगर्ने प्रवृतिलाई रोक्ने छ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...