बर्दिबास मेयर कप २०८१को खेलमा वडा नं.१ र १२ फाइनलमा

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिकामा सञ्चालित बर्दिबास मेयर कप क्रिकेट २०८१ अन्तरर्गत सोमवार भएको खेलमा वडा नं. १ ले वडा नं. १३ लाई हराउँदै प्रभावशाली जित हासिल गर्यो।टस जितेर फिल्डिङ्ग रोजेको वडा नम्बर १३ ले ११ ओभरमा ७ विकेट गुमाउदै ४९ रन मात्रै बनाउन सक्यो ।

खेलमा वडा नं. १ ले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६१ रन बनाउदै बिजयको शिखर चुम्न सफल भयो ।
यसैक्रममा वडानम्बर १ का लागि राजेश भुजेलले सर्वाधिक ६८ रन बनाउँदै महत्वपूर्ण योगदान गरे। वडा नं. १ ले वडा नं. १३ का लागि १ सय ६२ रनको लक्ष्य दिएको थियो ।

बर्दिबास मेयर कप क्रिकेट २०८१ को फाईनल खेल बुधवार वडा नम्बर १ र १२ बिच बिहान ११,३० बजे बर्दिवास २ स्थित रंगशालामा हुने आयोजक संस्थाले जनाएको छ ।