नेता जति सबै चोर हुन् भन्दै विद्युत् प्राधिकरणका चालकले कोशीका पूर्वमुख्यमन्त्री कुटे

[sharethis-inline-buttons]

आज्ञा खवर

बिराटनगर

भिआइपीको गाडी भन्दै बाटोको अवरोध हटाउन खोज्दा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा कुटिए । शनिवार एक कार्यक्रममा सहभागी भएर फकिँदै गरेका थापालाई कुटेको आरोपमा नेपाल विद्युत् प्राधिकरणका चालक र सहयोगी पक्राउ परेका छन् ।

घटनाबारे जानकार प्रहरीका अनुसार कोशी कांग्रेस प्रदेश सभापति र संसदीय दलका नेता रहेका थापा पिएसओ सहितको को १ झ ६५३ नम्बरको गाडीमा फर्कँदै थिए। सडक जाम भयो। अगाडि नेपाल विद्युत् प्राधिकरणको गाडी थियो।
चालक गाडीबाट निस्किएर देश लुट्ने नेता यिनै हुन् भन्दै थापालाई मुक्का हानिहाले। थापाको आँखोभौको भाग फुटेर रगत बग्न थाल्यो। उनलाई बिर्तामोडमा रहेको बिर्तासिटी अस्पतालमा ल्याएर उपचार गरिएको थियो ।

प्रहरीका अनुसार थापालाई कुटेको आरोपमा ४९ वर्षीय भक्तबहादुर कटवाल र कन्काई–३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ पक्राउ परेका छन् ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...