जनकपुरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खवर
वर्दिवास

जनकपुरमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

जनकपुर उपमहानगरपालिका-७ स्थित भमरपुराचोकदेखि वलुवा टोलतर्फ जाने सडकमा ना ६ ख ४५३७ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री महोत्तरी, महोत्तरी गाउँपालिका-५ गौरीगामा बस्ने ६० वर्षीय सत्यनारायण साह तेलीको शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...