म्यानमारको खानीमा पहिरो जाँदा ३२ जनाको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
उत्तरी म्यानमारको कचिन राज्यमा एक जेड खानीमा पहिरो जाँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।

यसअघि प्रशासनले जनवरी १५ मा खानीमा पहिरो जाँदा भएकोदुर्घटनामा केही व्यक्तिको मृत्यु भएको जानकारी गराएको थियो ।
स्थानीय प्रशासन कार्यालयका एक अधिकारीले बिहीबार भने“खानीमा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।”

उनले भने, “तीन दिनको खोजी प्रयासपछि ३१ जनाको मृत शरीर खानीबाट निकालिएको छ र दुर्घटनाको पहिलो दिन घाइते अवस्थामा उद्धार गरिएका एकजनाको अस्पतालमा मृत्यु भएको थियो ।”

केही व्यक्ति अझै बेपत्ता रहेका तर उनीहरूका जीवित उद्धार हुने आशा हराएको स्थानीय अधिकारीलाई उद्धृत गरी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । रासस÷सिन्ह्वा

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...