वर्दिबासका स्थायिवासि भट्टराई वने एस एस पि

[sharethis-inline-buttons]

आज्ञा खवर
वर्दिबास

गृह मन्त्रालयअन्तर्गत बढुवा समितिले प्रहरी उपरीक्षक(एसपी) पदबाट २५ जना प्रहरी उपरीक्षकहरुलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरेको छ । उक्त वढुवा सिफारीसमा पर्ने एक अधिकृत वर्दिवासका स्थायिवासि हुन् । वर्दिवास नगरपालिका वडा नं. २ घर भएका सन्तोष कुमार भट्टराई पनि एस एस पि मा वढुवा भएपछि छरछिमिेक खुशि भएका छन् । उक्त वडाका वासि विदुर काफ्लेका अनुसार वहालाई हामि ठानेदारको छोराको नाममा चिन्ने गरेकोमा अव वहाँको आफ्नै नामले हाम्रो गाउलाई नै चिनाउन पाएकोमा खुशि लागेको र नेपाल प्रहरीको आईजि हुनेमा आफु विश्वस्त रहेको वताउछन् ।

“हाम्रो ज्वाई साव एस एस पि हुनुभएकोमा हामि धेरै खुसि छौ, वहाको अझ प्रगति होस भन्ने चाहन्छु र आफ्नो संस्थामा राम्रो काम गरेर ठाउको नाम चिनाउन पनि अनुरोध गर्दछु” वर्दिवास १ वस्ने सशुरालि टोलका दिनेश पोखरेलले वताए । वहाँको घर वडा नम्वर २ मा भएपनि शसुरालि भने वर्दिवास नगरपालिकाको वडा नम्वर १ मा पर्दछ । नेपाल प्रहरीका पुर्व सई खड्ग प्रसाद भट्टराई र शोभादेवीका छोरा सन्तोष कुमार भट्टराईको वढुवाले गाउ नै खुशिले गदगद भएको छ ।


नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फका उनलाई पुस २९ गते बसेको बैठकले सोही समूहतर्फ बढुवाका लागि सिफारीस गरेको हो । जसअनुसार नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा कार्यरत रमेश थापा सूचीको पहिलो नम्बरमा छन् । त्यसपछि क्रमशः अजय केसी, अनुपम शम्शेर जबरा, बीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होबिन्द्र बोगटी, कृष्णप्रसाद पंगेनी, गोबिन्द अधिकारी, बिनोद सिलवाल, श्याम कुमार महतो , बेद विष्ट, शिवकुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जीसी, रञ्जु सिग्देल, सन्तोष खड्का, सन्तोष कुमार भट्टराई, राजेन्द्रप्रसाद धमला, सन्तोषसिंह राठौर, सञ्जय सिंह थापा, बिमलराज कँडेल, महेन्द्र खड्का र प्रभुप्रसाद ढकाल बढुवा सिफारिसमा परेका हुन् । बढुवा समितिले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम ४ अनुसार उनीहरूलाई सिफारिस गरेको हो।