आज्ञा खबर
काठमांडौ
मलेसियामा हुने यू १९ महिला विश्वकप टी २० क्रिकेटका लागि १८ जनवरीदेखि २ फेब्रुअरीसम्म हुने प्रतियोगिताको नेतृत्व नेपाली टिमबाट पूजा महतोले गर्नेछिन् ।
सो खेलकालागी नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार १५ सदस्यीय टिम घोषणा गरेको हो ।
टिममा सोनी पार्खिनले उपकप्तानको जिम्मेवारी पाएकी छिन् । १५ सदस्यीय टिममा पुजा महतो, सोनी पार्खिन, सना प्रविन, ज्योत्सिनिका मरासिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, त्रिसना बिके, किरण कुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, अनु कडायत र करिश्मा गुरुङ रहेका छन् ।