नाउपा अध्यक्ष श्रेष्ठ मन्त्री बन्ने तयारीमा

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन्। नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई सरकारमा सहभागी गराउने तयारी गरेका हुँन्। प्रतिनिधि सभामा चार जना सांसद रहेको नाउपाले गत जेठ ७ गते प्रधानमन्त्रीलाई विश्वास मत दिएको थियो।

प्रधानमन्त्री निकट स्रोतका अनुसार श्रेष्ठलाई सरकारमा सहभागी गराउने प्रधानमन्त्रीले तयारी गरे पनि कहिले मन्त्री नियुक्त गर्ने भन्ने निश्चित भइसकेको छैन। नाउपा अध्यक्ष श्रेष्ठले पनि आफू मन्त्री बन्ने तयारीमा रहेको बताइन्।

‘सरकारमा जाने कुरा भएको छ, प्रधानमन्त्रीले पर्यटन मन्त्रालयको जिम्मेवारी दिने कुरा गर्नुभएको छ, तुरून्तै मन्त्री बन्ने कुरा त होइन। प्रधानमन्त्रीले आफ्नो पार्टीको मन्त्री फिर्ता बोलाउनै होला।’ यसअघि दाहाल नेतृत्वकै सरकारमा श्रेष्ठ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेकी थिइन्।