आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवासमा न्यायका लागि नागरिक संजालको शैक्षिक सम्वाद कार्यक्रम आईतवार सम्पन्न भएको छ।
इन्टरनेशनल अलर्टको आर्थिक सहयोगमा समग्र जन उत्थान केन्द्र ,लहान–६ सिरहा द्वारा संचालित न्यायमा पहुँच सवलिकरण परियोजना अन्तर्गत सम्बाद कार्यक्रममा द्वन्द्व पिडित परीवारको बलबालिकाको बिषयमा समिक्षा, द्वन्द्व पिडित बलबालिकाको शिक्षामा पहुँच पुर्याउने उदेश्यले स्थानिय तहमा रहेका सरोकारवाला संस्थागत तथा सामुदायिक बिद्यालयका प्रधानाध्यापकसंग छलफल भएको हो ।
छलफमा संस्थागत तथा सामुदायिक बिद्यालयमा द्वन्द्व पिडित परीवारका बलबालिकालाई पुर्ण छात्र बृति दिने बिषयमा सरोकारवालाहरुले सहजिकरण गर्ने बताएका छन ।
उनिहरुले त्यसता बालबालिकालाई द्वन्द्व पिडित अभिभाबकको अवस्था पहिचान गरेर निशुल्क रुपमा छात्रबृति दिने समेत जनाएको न्यायका लागि नागरिक संजाल समितिका अध्यक्ष दिपा लामाले बताईन ।
कार्यक्रममा सहजीकरण समग्र जन उत्थान केन्द्र बर्दिवासकी प्रतिनिधि, आरती बुढाथोकी परियोजना व्यपस्थापक रामकृपाल साहले गरेका थिए । बैठक बर्दिवास नगरपालिका युवा खेलकुद तथा शिक्षा शाखाका अधिकृत रोमन निरौलाकोे अध्यक्षतामा सम्पन्न भएको थियो ।





































