निकिता खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ३ भित्र आर्थिक बर्ष २०७९÷८० मा ३ वटा कामको योजनामा १६ वटा भौतिक पुर्वाधार निर्माण सम्पन्न भएको छ।
बर्दिवास नगरपालिकाको चुरे काछमा अवस्थित ठुलो र भौगोलिक बिकटता भएको वडाहरु मध्ये भित्रको वडा नम्बर ३ भित्र आर्थिक बर्ष २०७९÷८० सडककोे स्तरोउन्नती तथा पि.सि.सि ढलान, नाला ,कुलो निर्माणको काम सम्पन्न गर्ने कामलाई मुख्य प्राथमिकतामा राखेर काम गरीएको बर्दिवास नगरपालिका वडानम्बर ३ का अध्यक्ष बिराट कुमार बिष्ट ले जानकारी दिए ।
वडाका बिभिन्न स्थानमा आवतजावतगर्न प्रयोग हुने ६ ईन्च मोटाई सहितको सडक ढलान निर्माणकार्य सम्पन्न भई स्तरोउन्नति भएपछि सो वडाका स्थानियबासी खुसी भएका छन् ।
सडकमा स्थानियलाई आबत जाबतकालागी सहज बनाउने उदेश्यले बाटो निमार्ण गरीएको बर्दिवास नगरपालिकाले जनाएको छ।
विकासको आधारभूत पूर्वाधार नै सडक भएकाले बाटो स्तरीय भएसँगै त्यस स्थानका नागरिकले सहज र सुरक्षित यात्रा गर्नुको साथै सुख्खा मौषममा धुलाम्य र बर्षामा हिलाम्य हुने समस्याबाट राहत मिल्ने भएकाले अघिल्लो आर्थिक बर्षको बजेटमा समेटिन नसकेको योजनालाई यसबर्ष समेटेर पुर्वाधारको कामलाई निरन्तरता दिईने अध्यक्ष बिष्टको भनाई रहेको छ ।
निर्माणकार्य योजना उपभोक्ता समितीको मातहतमा सम्पन्नको सम्झौता अनुसार सम्पन्न भएको उपभोक्ता समितिहरुले जनाएका छन ।
नगरपालिकाको बजेट र जन श्रमदानको रकम थप गरी बाटो ढलान ,नाला र कुलो निर्माणकार्य सम्पन्न गरीएको बर्दिवास नगरपालिका योजना शाखाले जनाएको छ ।
सडकको बिवरण हेर्न बाटो वडा नम्बर ३ लेखिएको पि.डि एफ मा क्लिक गरेर पि.डि एफ डाउनलोड गरी योजना सम्पन्न भएको बिवरण हेर्नुहोस