सिन्धुलीमा आगलागीबाट दुईघर एक गोठ जलेर नस्ट

[sharethis-inline-buttons]

आज्ञा खबर
सिन्धुली
सिन्धुलीको कमलामाई नगरपालिका –१२ माथिल्लो टङ्सारमा आज दिउँसो आगलागी हुँदा दुईवटा घर ,१ गोठजलेर नस्ट भएका छन।
स्थानीय देवबहादुर कार्कीको दुई घर र एक गोठ जलेर नष्ट हुँदा नगद र पशुचौपाया सहित १५ लाख बराबरको क्षति भएको छ ।
आगलागी बाट अग्नी पिडित कार्कीको दुई लाख रुपैयाँ नगद सहित घरमा भएको खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा ,गोठ समेत जलेर नष्ट हुँदा १३ वटा खसी बाख्रा जलेर मरेको कमलामाई नगरपालिका — १२ का वडा अध्यक्ष भिमबहादुर गुर्माछानले जानकारी दिए ।
आगलागी के कति कारणले भयो भन्ने एकिन छैन। आगलागी स्थानीयको पहलमा नियन्त्रणमा लिइएको बताईएको छ ।