बागमती प्रदेसका मुख्यमन्त्री जम्मकट्टेलले तेस्रो पटक पाए विश्वासको मत

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
बागमती प्रदेशको प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले तेस्रो पटक विश्वासको मत पाएका छन् । ११० सदस्यीय प्रदेशसभा बैठकमा १०८ जना सदस्यको आज उपस्थिति रहेको थियो । जसमध्ये ५६ सांसदले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिएका थिए । विश्वासको मतको विपक्षमा ३७ मत परेको थियो भने १५ जना सांसद तटस्थ बसेको बताईएको छ ।