आज्ञा खबर
सर्लाही
सर्लाहीका माछापालक किसानले आज पूर्व–पश्चिम राजमार्गको फूलजोर चोकमा माछा फालेर प्रदर्शन गरेका छन्।
एक्कासी बढाइएको विद्युत् महसुल फिर्ता गरी पहिलेकै महसुल कायम गर्न माग राख्दै माछाको पकेट क्षेत्र मानिने ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकाका किसानले फूलजोर चोकमा सडकमै माछा फालेर केही बेर नाराबाजीसहित आधा घण्टा चक्काजाम गरेर प्रदर्शनमा उत्रेका हुन्।
माछापालक किसान चन्द्रनगर गापा–३ का अनिल रायले अहिले बढाएको विद्युत् महसुलअनुसार माछापालन गर्दा आफूहरू टिक्नै नसक्ने दुःखेसो पोखे। उनले विद्युत् महसुल बुझाउन नसकेर व्यवसाय नै त्याग्नुपर्ने अवस्था आएपछि सडकमा उत्रिएको बताए ।
उनले यसअघि माछापालनका लागि पोखरीमा मोटर चलाउँदा प्रतियुनिट तीन रुपैयाँ महसुल तिर्दै आएका किसानले विगत चारपाँच महिनादेखि महसुल बढाएर प्रतियुनिट १२ रुपैयाँ तिर्नु परेको बताए।
‘सरकारले पोखरी खन्न १० प्रतिशत अनुदान दिएर हामीलाई माछापालन गर्न प्रोत्साहित गरेपनी विद्युत् महसुल बढाएर तीन रुपैयाँबाट १२ पु¥याएको यसकै विरोध स्वरुप सडकमा आएको किसानहरुको भनाई रहेको छ ।