नागरिकले महसुस गर्नेगरी सुधारको काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक तथा अर्धवार्षिक समीक्षा कार्यक्रममा मंगलबार बोल्दै नागरिकले तत्काल महसुस हुने गरी सुधारका काम गर्न मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री लामिछानेले पद सुरक्षित हुँदाहुँदै पनि प्रधानमन्त्रीले सत्ता साझेदार दल परिवर्तन गर्नुको मूल कारण ’डेलिभरी’ दिनका लागि रहेको बताए ।
उनले सुशासन कायम र सहज सेवा प्रवाहमा गृह मन्त्रालय प्रत्यक्ष जोडिने भएकाले पुरातन शैलीमा काम गर्ने छुट नरहेको बताए । नयाँ आर्थिक वर्षका लागि बजेट बन्ने प्रक्रिया सुरु भएकाले प्राथमिकता निर्धारणसहित तयारी गर्न पनि गृह्यमन्त्री लामिछानेले निर्देशन दिए ।

बजेटको सिलिङ बढाउन नभएर ’रिभ्यू’ गर्नपर्ने भन्दै राजस्व संकलन र चुहावट नियन्त्रणमा गृह प्रशासनको महत्वपूर्ण भूमिका हुने बताउँदै उनले राजस्व बढाउन सकियो भने गृहको बजेट रिभ्यू’ हुने बताए ।