जसपाले सरकारलाई विश्वासको मत दिने

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
जनता समाजवादी पार्टी (जसपा) नेपालले हालको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा मङ्गलबार बसेको बैठकले सरकारको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्ना सांसदहरूलाई सरकारको पक्षमा मतदान गर्न हृवीप जारी गरेका छन ।