आज्ञा खबर
धनुषा
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले खेलकुदले आपसी सद्भाव, सहिष्णुता तथा राष्ट्रिय एकतालाई बलियो बनाउनुका साथै समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्दै महिला सशक्तीकरणमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताएकि छिन । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा सोमबारबाट सुरु भएको प्रथम मदन भण्डारी महिला राष्ट्रिय हक्की प्रतियोगिताको उद्घाटन गर्ने क्रममा उनले सो कुरा बताएकी हुन ।
उनले मुलुकलाई समृद्ध बनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहेको भन्दै नेपालमा खेलकुद पूर्वाधारको अभाव तथा खेलाडीमा राज्यको लगानी कम भए पनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय जगतमा गरेको प्रदर्शनको उच्च प्रशंसा गर्दै खेलकुदको विकासमा राज्यले बढी लगानी गर्न जरुरी रहेको आवश्यकता औल्याईन ।
खेलकुदमा रहेको अनुशासन तथा संयमता राजनीतिक क्षेत्रमा ला
गू हुन जरुरी रहेको बताउँदै स्वर्गीय मदन भण्डारीले देखेको स्वच्छ राजनीतिक प्रतिस्पर्धा अहिले पनि उपयोगी भएको जनाईन ।
प्रतियोगितामा कर्णाली बाहेकका छ प्रदेश, त्रिभुवन आर्मी क्लब तथा मदन भण्डारी स्पोर्टस एकेडेमीका टिम गरेर आठवटा टिमको सहभागिता रहेको छ । प्रतियोगिता १९ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख ५० हजार रुपियाँ र कप, द्वितीय हुनेलाई कपसहित एक लाख रुपियाँ तथा तृतीय हुने टिमलाई कपसहित ५० हजार रुपियाँ नगद प्रदान गरिने छ । उत्कृष्ट खेलाडीलाई १० हजार र ओमन अफ दि म्याच हुनेलाई पाँच हजार रुपियाँ नगद प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।