अवैध कपडा सहित ट्रक नियन्त्रणमा

[sharethis-inline-buttons]

आज्ञा खबर
पर्सा
पर्साको वीरगञ्ज महानगरपालिका–२५ बहुअरीबाट यही फागुन १२ गते राति सशस्त्र प्रहरीले शङ्कास्पद विलबिजक भएको ७० लाख रुपैयाँ मूल्य बराबरको लत्ताकपडा र ट्रक नियन्त्रणमा लिएको छ।

वीरगञ्जबाट काठमाडौँ जादैगरेको ना८ख ३९७८ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो।

उक्त ट्रकमा लोड गरी काठमाडौँ ल्याउँदै गरेको लत्ताकपडाको विलबिजक शङ्कास्पद देखिएपछ प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले ट्रकसहित कपडा नियन्त्रणमा लिएको हो।

 

लत्ताकपडाको ७० लाख र ट्रकको अन्दाजी मूल्य रु ४० लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए। रासस