बलम्बु प्रभागका इन्सपेक्टरको पेस्तौलबाट गोली चल्यो उनकै अंगरक्षक घाइते

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
प्रहरी प्रभाग बलम्बुमा कार्यरत प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोलबाट आइतबार साँझ गोली चलेको छ ।
सो पेस्तोलबाट चलेको गोलीले उनकै अंगरक्षक घाइते भएका छन् । काठमाडौं उपत्यका प्रहरी प्रमुख एवं एआईजी दीपक थापाका अनुसार, डिउटी सकेर हतियार बुझाउने क्रममा गोली चलेको हो ।

अंग रक्षकको खुट्टामा एक राउन्ड गोली लागेको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षकमाथि के कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको एआईजी थापाले बताए । उनका अनुसार, घटना अनुसन्धानका निम्ति श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ ।