विद्याकी देवी सरस्वतीको पूजा आरधना गर्दै आज श्रीपञ्चमी पर्व मनाइँदै

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
विद्याकी देवी सरस्वतीको पूजाआरधना गर्दै आज श्रीपञ्चमी पर्व मनाइँदै छ । यो पर्व हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाउने गरिन्छ । बसन्त पञ्चमीका नामबाट समेत परिचत यो पर्व विणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीको पूजा आरधनागर्ने परम्परा रहेको छ ।

सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु सुरु हुने आजको दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिएको हो ।
यसैगरी, श्रीपञ्चमीको दिन बालबालिकालाई अक्षराम्भ पनि गराउने चलन छ । आजकै दिन केटाकेटीको नाककान छेड्नका लागि पनि उत्तम दिनका रूपमा लिइने गरिन्छ ।

आजकैदिन साहित्यकार, कलाकार, संगीतकर्मी, पत्रकार, शिक्षकले कला साधनाका वस्तु पूजा गर्दछन्। यसदिन देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो लाग्नेगर्छ ।
आजको दिनलाई शुभकार्यका लागि साइत हेर्न नपर्ने पवित्र दिनका रूपमा समेत लिने गरिन्छ ।
सरस्वतीलाई चढाइएको सात गेंडा अक्षेता निलेमा विद्या–बुद्धि बढ्ने र चेतनाको ज्योति पाइने धार्मिक विश्वास रहि आएको छ ।