रेलमा मालवाहक बोगी संचालनको व्‍यवस्था मिलाउन माग

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
जनकपुरधाम उद्योग वाणिज्य संघले मालवाहक बोगी र रेल संचालनको व्यवस्था मिलाउन नेपाल रेलवेसँग माग गरेको छ।

जनकपुरधाम उद्योग वाणिज्य संघले नेपाल रेलवे कम्पनीको जनकपुरधामस्थित कार्यालयका महाप्रबन्धक निरञ्जन झालाई मागपत्र बुझाउँदै यस्तो माग गरेको हो।

नेपाल–भारतबीच रेलवे संचालन सम्बन्धमा रहेको संयुक्त मानक संचालन प्रक्रियामा प्यासेन्जर र मालवाहक दुवै खाले रेल संचालन हुने व्यवस्था रहेको अवगत गराउँदै मालवाहक रेल अहिलेसम्म संचालनमा नआएकाले अविलम्ब संचालनको व्यवस्था मिलाउन माग गरेको संघका अध्यक्ष जितेन्द्र महासेठले बताए।

भारतको विभिन्न प्रदेशसहित तेस्रो मुलुकबाट आउने मालसामानहरु भारतको हल्दिया तथा विशाखापतन बन्दरगाहबाट नेपाल भारत रेलवे सम्म मालसामान जनकपुरधाम ल्याउने सम्पूर्ण सुविधाहरु संचालन भइसकेको छ। यात्रुवाहक रेलमा पनि मालवाहक बोगीका साथै अतिरिक्त मालवाहक रेल संचालनको व्यवस्था अविलम्ब मिलाउन माग समेत गरे।

मागपत्र बुझ्दै महाप्रबन्धक झाले अविलम्ब मालवाहक बोगी र रेल संचालनमा ल्याउने बिष्यमा आफुपनी प्रयासरत रहेको जनाए। उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत परराष्ट्र मन्त्रालयले भारतीय राजदूतावासमा पत्राचार गरी प्रक्रिया अगाडि बढाइसकेको जानकरी समेत दिए ।

संघले सो मागपत्रको बोद्यार्थ भौतिक पूर्वाधर तथा यातायात मन्त्रालय, मधेश प्रदेशका मुख्यमन्त्री कार्यालय र नेपाल उद्योग वाणिज्य महासंघलाई जनाइएको छ।