निकिता खनाल
बर्दिवास
मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालयले प्रदेश भित्र सडक दुर्घटनामा हुने संख्या ह्वात्तै बढेको छ । आर्थिक वर्ष २०८०÷८१ का बितेका छ महिनामा मधेसमा सडक दुर्घटनामा परी दुई सय ५५ ले ज्यान गुमाएका छन । सो अवधिमा भएका साना तथा ठूला चार हजार चार सय ७७ सडक दुर्घटनामा पाँच हजार ६६ जना घाइते भएका बाराको पथलैयास्थित मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सडक दुर्घटनामा परी महोत्तरीका ३१ जनाले ज्यान गुमाएका थिए । जिल्लाका विभिन्न स्थानमा भएका दुई सय ६५ वटा सडक दुर्घटनामा अङ्गभङ्ग भई घाइते हुने तीन सय २५ पुगेकामा ८४ जना त गम्भीर घाइते भई अझै सकसपूर्ण अवस्थामा रहेका महोत्तरी जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामभक्त भट्टराईले जनाए ।
सडक दुर्घटनामा ज्यान जाने र घाइते हुनेमा ३० वर्षमुनिका रहेका छन । तीमध्ये धेरैजसो मोटरसाइकल दुर्घटनामा परेको बताईएको छ । सवारीसाधन चलाउने दक्षता नभएको अनुमतिपत्र बिना मोटरसाइकल चलाउने बढी दुर्घटनामा परेका ट्राफिक प्रहरी को भनाई छ । विशेष गरी युवा उमेरका मोटरसाइकल चालाउनेले मादकपदार्थ सेवन गरी तिब्र गतिमा सवारीसाधन चलाउँदा दुर्घटना बढी भएका देखिएको प्रमुख भट्टराईको भनाइ छ ।
मधेशमा जाडो याममा बाटो नदेखिने गरी लाग्ने बाक्लो हुस्सु लाग्नाले पनि दुर्घटनाका कारण रहेको ट्राफिक प्रहरीको भनाइ रहेको छ ।