आज्ञा खबर
महोत्तरी
शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ ।
देश र जनताको अधिकार प्राप्तिका लागि हाँसी हाँसी आफ्नो जीवन आहूति गर्ने सार्वभौमिकताको रक्षा तथा जनतालाई अधिकार सम्पन्न बनाउन विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलनमा ज्यान गुमाएका बीर सपुतहरुको सम्झनामा शहीद दिवस मनाउने गरिन्छ । जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको वलिदान गरेकाहरूको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाइँदै क्रम शुरु भएको हो ।
शहीद दिवसका अवसरमा सरकारी तथा विभिन्न सामाजिक तथा राजनीतिक संघ÷संगठनहरुले औपचारिक कार्यक्रम आयोजना गर्दै आएका छन् । सरकारले माघ १० गतेदेखि नै शहिद सप्ताह शुरु गरि आज अन्त्य गर्दैछ । शहीद दिवसका अवसरमा सरकारले सार्वजनिक विदा कटौति गरेको छ । यद्यपी प्रदेश ३ ले भने आज शहीद दिवसको अवसरमा सार्वजनिक विदा घोषणा गरेको छ ।