आज्ञा खबर
बारा
बरा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुवर्ण गाउँपालिका ७ निवासी सुन फुलुवा बस्ने उमेशकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरीको टोलीले बाराको बरियापुरबाट ब्राउन सुगर १०२ ग्राम सहित उनलाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । बरियापुरबाट सिमरातर्फ जाँदै गरेको बा ९४ प ६११४ नम्बरको मोटरसाइकल जाँच गर्दा सो ब्राउन सुगर बरामद भएको हो ।
पक्राउ परेका यादवमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीले जनाएको छ ।