ज्ञानेन्द्र शाही राप्रपाको बृहत् आन्दोलन मूल समिति सदस्य सचिवमा नियुक्त

[sharethis-inline-buttons]

आज्ञा खबर
बाठमांडौ
राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलन मूल समितिको सदस्य सचिवमा ज्ञानेन्द्र शाहीलाई नियुक्त गरेको छ् ।
शाहीलाई उक्त पदमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नियुक्त गरेको सो पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

शाहीलाई आन्दोलन मूल समितिका संयोजकसमेत रहेका लिङ्देनको प्रत्यक्ष नेतृत्व र निर्देशनमा रही कार्य गर्न तथा आन्दोलनका लागि गठित विभिन्न समितिसँग समन्वय गर्ने जिम्मेवारी प्रदान गरिएको उनले बताए ।