दोश्रो मेयर खुल्ला पुरुष नकआउट भालिबल प्रतियोगिताको आजको खेलमा पाँच समुह बिजयी

निकेश खनाल
बर्दिवास
दोश्रो मेयर खुल्ला पुरुष नकआउट भालिबल प्रतियोगिता महोत्तरीको बर्दीबास स्थित चल्की विजलपुरामा मंगलवार भएको दोश्रो दिनको ५ खेलमा क्रकश ः सिन्धुली टिम,सस्त्र प्रहरी बल बर्दिवास ,जनता मा.बि गौरीडाडाँ ,बिजलपुरा, भंगहा नगरपालिकाको मेघरौल क्रमश ०–२÷०–२ सेटले बिजयी भएका छन । आज भएको खेलमा सिन्धुली संग गाईघाट, सस्त्रप्रहरी बल बर्दिवाससंग करुणा कलब भंगहा,आयोजक समुह चल्किसंग जनता मा .बि .गौरीडाडाँ, बिजलपुरासंग बकुर्वा सर्लाही,भंगहा नगरपालिकाको मेघरौलसंग भंगहा नगरपालिकाकै मझौलिया बिच प्रतिस्प्रर्धा भएको थियो ।
सोमवारबाट सुरु भएको
सो खेलकोे उद्घाटन बर्दिवास नगरपालिकाका प्रमुख प्रलाद कुमार क्षेत्रीले गरेका थिए । हिजो भएको पहिलो खेलमा किसाननगरलाई २–१ को सेटमा पराजित गर्दै स्थानिय विजलपुरा समुहले जित हासिल गरेको थियो।

सो खेलमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका गरि २१ समुहकोको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता समुहले एक लाख एक हजार रुपियाँ र उपविजेतालाई ५१ हजार रुपियाँ पुरस्कार दिने ब्यवस्था मिलाईएको बर्दिवास नगर खेलकुद बिकास समितीका अध्यक्ष दिपेन्द्र शिबभक्तीले जानकारी दिए ।

भलिबल खेलमा उत्कृष्ट स्पाइकर ब्लकर, सेटर र सर्वरलाईसमेत जनही तीन हजार रुपियाँ प्रदान गरिने सो भलिबल सहकार्यका अध्यक्ष रबि दहालको भनाई छ।

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...