निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ३ का अध्यक्ष बिराट कुमार बिष्टले कार्यालय सम्म आउन नसक्ने नागरिकलाई वडा कार्यालयले घरदैलोमै सेवा दिनेगरेको बताएका छन । महोत्तरीको बर्दिवासमा सोमवार आज्ञा खबर मिडिया प्रा.ली.द्वारा सञ्चालित आज्ञा खबर अनलाईन पत्रिका तथा आज्ञा खबर युटुब च्यानल संग कुराकानीगर्ने क्रममा उनले सो कुरा बताएका हुँन । उनले गाउँका सोझा, निरीक्षर र पहुँच नपुगेका वडाका नागरिकलाई राज्यबाट पाईने सेवा,सुबिधाबाट बन्चित नहुनकालागी चारजना वडा सदस्यलाई आ–आफ्नो टोलमा खटाईएको जनाए । बिष्टले भने त्यस्ता नागरिकको घरमै पुगेर सुचना प्रदानगरी काम गर्ने गरेका छौ ।
हेरौ उनिसंग गरिएको कुराकानी