आज्ञा खबर
बारा
बारा प्रहरीले भन्सार छलीका १ लाख ८७ हजार मूल्य बराबरको कपडा बरामद गरेको छ ।
सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा गरेको छड्के जाँचमा भारतबाट ल्याउँदै गरेको लत्ताकपडाहरू सिम्रौनगढबाट बरामद गरिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताए ।
बरामद गरिएको कपडामा ८ थान ब्लाङकेट, कपडाको थान ३, लेडिज सुट ३२ पिस, सुती साडी २६ पिस, पाइन्टको कपडा १३ थान र उनी चेक कपडा १ थान पक्राउ गरेको हो ।
बरामद लत्ताकपडाहरू आवश्यक कारबाहीको सम्बन्धित भन्सार कार्यालयमा पठाइएको बारा प्रहरीले जनाएको छ ।
ल्बदष् िदबलप