महोत्तरीमा रहेका आदिवासी जनजातीको पहिचान भाषा,कला र भेषभुषालाई जोगाउन बिभिन्न किसिमका कार्यक्रमहरु चलाईने ः अध्यक्षय धननारायण श्रेष्ठ

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
नेपाल आदिवासी जनजाती समन्वय परिषद महोत्तरीका अध्यक्षय धननारायण श्रेष्ठले महोत्तरीमा बसोवास गर्ने सुचिक्रित गर्न छुटेका केहि जनजातीलाई सुचिकृत गर्दै अगाडी बढने बताएका छन । महोत्तरीको बर्दिवासमा आज्ञा खबर युटुब च्यानल तथा आज्ञा खबर अनलाईन पत्रिकासंग कुराकानी गर्ने क्रममा उनले सो कुरा बताएका हुन। जनजाती नेता श्रेष्ठले जनजाती उत्थानकोलागी बिभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थासंग समन्वय गरेर अघि बढने जनाए । नेता श्रेष्ठले महोत्तरीमा रहेका आदिवासी जनजातीको पहिचान भाषा,कला र भेषभुषालाई जोगाउन बिभिन्न किसिमका कार्यक्रमहरु चलाउने आफ्नो योजना रहको उल्लख गरे ।

त्यसैगरी आदिवासी जनजाती समन्वय परिषद महोत्तरीका सह सचिब तिर्थ बहादुर माझीले महोत्तरी तथा देशमै अल्पसंख्यामा रहेको माझी जाती अगाडी बढ्न नसक्नुमा आर्थिक अवस्था कामजोर हुनु पनी एउटा पाटो रहेको बताए । उनले माझी जातीको जिबन स्तर माथी ल्याउन आफु हरबखत प्रयत्नरत रहेको जनाए ।
उनिहरु दुबैजनासंग गरिएको कुराकानी