गौशालामा चोरीको मोटरसाईकल सहित हिरेन्द्र पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीको गौशालामा चोरीको मोटरसाईकल सहित हिरेन्द्र पक्राउ परेका छन ।
धनुषाको मिथिला नगरपालिका वडा नं. १ लक्ष्मीबास बस्ने वर्ष २६ का हिरेन्द्र महरा चमार चोरीको मोटरसाईकल सहित आज बिहान पक्राउ परेका हुँन ।
गएराती गौशाला नगरपालिका ४ रजखोर स्थित बिनोद कुमार सिंहले आफ्नो घरको आँगनमा पार्किङ गरि राखेको ज.९प.३५५ नं. को डिस्कोभर मोटरसाईकल चोरी गरेर भाग्ने क्रममा गौशाला नगरपालिका ४ स्थित सम्सी–माईस्थान सडक खण्डबाट ईलाका प्रहरी कार्यालय गौशालाले उनलाई आज बिहान पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गौशलाका प्रहरी निरीक्षक मनोज कुमार यादवले जानकारी दिए ।
पक्राउ परेका चमारलाई कानुनी कारवाहीका लागि ईलाका प्रहरी कार्यालय गौशालामा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।