निकिता खनाल
बर्दिवास
महोत्तरीको बर्दिवासमा दोस्रो मेयर कप खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा सम्म प्रथम मेयर वडा क्रिकेट प्रतियोगिता हुँने भएको छ ।
माघ १ गते सोमवारबाट ४ गते सम्म दोस्रो मेयर कप खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा माघ १० गते बुधवार देखी २४ गते सम्म प्रथम मेयर वडा क्रिकेट प्रतियोगिता हुन लागेको हो । बर्दिवास नगरपालिका नगर खेलकुद बिकास समितीको आयोजनामा हुन लागेको दुई खेल मध्ये भलिबल खेलमा देशका विभिन्न स्थानबाट जम्मा १६ वटा टिम सहभागि रहने सोमवार बर्दिवास नगरपालिका वडा नम्बर १२ बिजलपुरामा नगर खेलकुद बिकास समितीले पत्रकार सम्मेलनको आयोजनागरी जनाएको छ ।
खेल बर्दिवासको बिजलपुरा स्थित चल्कि टोलको खेल मैदानमा हुने छ । खेलमा सहभागि हुने टिमका खोलाडिलाई नगर खेलकुद बिकास समितीले यातायात खर्चको समेत ब्यवस्था मिलाएको छ । खेलमा बिजयी हुने प्रथम टिमलाई रु १ लाख १ हजार दोश्रो हुनेलाई रु ५१ हजार र उत्कृष्ट खेलाडीलाई नगद ३ हजार प्रदान गरीने आयोजकले जनाएको छ ।
खेल खेलाउन कारीब ८ लाख खर्च हुने बर्दिवास नगर खेलकुद बिकास समितीका अध्यक्ष दिपेन्द्र शिबभक्तीले जनकारी दिए । त्यसैगरी माघ १० गतेदेखी सञ्चालन हुने प्रथम मेयर वडा क्रिकेट प्रतियोगितामा बर्दिवास नगर भित्रका १४ वटै वडाका १२ टिमले भग लिने छन । क्रिकेट खेलमा बिजयी हुने प्रथम टिमलाई रु ५० हजार दोश्रो हुनेलाई २५ हजार तथा उत्कृष्ट बलर र ब्याटसम्यानलाई समेत पुरस्कारको ब्यवस्था गरीएको छ । बर्दिवास नगरपालिकाको वडा नम्बर १३ मा रहेको रामजानकी खेल मैदानमा हुने क्रिकेट खेलमा ३ लाख खर्च हँुने अमुमान गरीएको आयोजक संस्थाले जनाएको छ ।