राष्ट्रिय सभा निर्वाचनकालागी कांग्रेस धनुषाबाट ६ जनाको नाम सिफारिस

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस धनुषाबाट ६ जनाको नाम सिफारिस भएको छ। धनुषा कार्य सम्पादन समितिको मङ्गलबार बसेको बैठकले ६ जनाको नाम सर्वसम्मत सिफारिस गरिएको हो ।

नेपाली कांग्रेस धनुषाले एक विज्ञप्ति जारी गर्दै मधेश प्रदेश अन्तर्गत दुई पदका लागि कांग्रेस धनुषा कार्य सम्पादन समितिको बैठकबाट सर्वसम्मत ६ जनाको नाम सिफारिस भएको जनएको छ।


मधेश प्रदेशमा खाली हुन गइरहेको राष्ट्रिय सभा सदस्यको दुई स्थानका लागि धनुषाका पूर्व सभापति महेश शङ्कर गिरी, राजकिशोर सिंह, रामपल्टन साह, तुल्सा आचार्य, बासुलाल महतो र अनिता श्रीवास्तव छन् ।

प्रस्ताबित नामहरु प्रदेश समितिमा सिफारिस भएको कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले जानकारी दिए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...