बर्दिवासमा पत्रकारमाथि भएको दुव्र्यवहारको घटनाप्रति आपत्ति, दोषीमाथि कारबाहीको माग

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
बर्दिवासमा पत्रकारमाथि भएको दुव्र्यवहारप्रति पत्रकार आबद्ध विभिन्न संघ–संस्थाहरूले गम्भीर आपत्ति जनाउँदै दोषीमाथि तत्काल कानुनी कारबाहीको माग गरेका छन्।
बर्दिवास नगर पत्रकार सञ्जाल, नेपाल पत्रकार महासंघ मधेश प्रदेश, महोत्तरी शाखा, धनुषा शाखा लगायतका संस्थाहरूले जारी गरेको प्रेस विज्ञप्तिमा पत्रकारमाथि भएको घटनालाई प्रेस स्वतन्त्रतामाथिको नाङ्गो आक्रमणको रूपमा व्याख्या गरिएको छ।
विज्ञप्ति अनुसार बर्दिवास साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कोषाध्यक्ष भोजप्रसाद फुयाल (शंकर) ले समाचारको विषयलाई लिएर बर्दिवासका पत्रकार विशाल बस्नेतको पसलमा पुगेर ‘खबर दर्पण’ दैनिक तथा ‘शिरीष न्यूज डटकम’ का प्रकाशक÷सम्पादक, गोरखापत्र दैनिकका महोत्तरी समाचारदाता तथा नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका सदस्य रहेका पत्रकार अजय साहमाथी दुव्र्यवहार गरेका थिए। सो क्रममा उनले पत्रकारमाथि गालीगलौज गर्नुका साथै हातपात गर्ने प्रयास समेत गरेका जनाइएको छ।
त्यसै घटनाको भिडियो बनाएको विषयलाई लिएर नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकका पत्रकार राजकरण महतोलाई समेत सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक रूपमा अपमान जनक दुर्व्यवहार गरिएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा पत्रकार संगठनहरूले सार्वजनिक स्थानमै पत्रकारमाथि गरिएको यस्तो दुव्र्यवहारले स्वतन्त्र प्रेसमाथि गम्भीर चुनौती खडा गरेको बताएका छन्। साथै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न जिल्ला प्रशासन कार्यालय महोत्तरीको ध्यानाकर्षण समेत गराएका छन्।
पत्रकारिता अबद्ध संघ संस्थाहरुले यस्ता घटनाको पुनरावृत्ति हुन नदिन सम्बन्धित सबै सरोकारवाला निकायलाई जिम्मेवार बन्न आग्रह समेत गरेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...