महोत्तरीको गौशालामा एक महिला वलात्कृत

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
महोत्तरीको गौशालामा एक महिला बलात्कृत भएकी छिन् । गौशाला नगरपालिका १ रामनगर घर भएकी एक ३५ बर्षिय महिला घाँस काटन गएको बेला उनको वलात्कार भएको तथ्य वाहिरिएको हो ।
शनिवार दिउँसो रामनगर जंगलमा घाँस काट्न गएको समयमा सुनसान मौका छोपी गौशला नगरपालिका १ रामनगरका ४३ बर्षिय विरेन्द्र यादवले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
पिडित महिलाका परिवारले ईलाका प्रहरी कार्यालय गौशलामा उजुरी दिएपछि सो घटना वाहिरिएको हो । घटनापश्चात आरोपित यादव फरार रहेको र उनको खोजी भईरहेको महोत्तरी प्रहरीले जनाएको छ।
घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको बताईएको छ ।