स्वर्णाकारको हत्याका मुख्य सुटर आरोपीलाई प्रहरीले गोली हानेर गरी पक्राउ गर्याे

आज्ञा खबर
बारा
बाराको कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रुपेश स्वर्णाकारको हत्याका मुख्य सुटर आरोपी ३२ वर्षीय सुजित सिंहलाई गए रतिी प्रहरीले गोली हानेर पक्राउ गरेको छ।
सिंहसहित ४ जनाको जनाको समूह नेपाल आएको सूचनाको आधारमा प्रहरीले पछ्याएको थियो । प्रहरीले देखेर भाग्न खाजे पछि सिंहलाई खुट्टामा गोली हानेर नियन्त्रणमा लिइएको
बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

पक्राउ परेका सिंह भारतको बिहार मोतीहारी जिल्लाको छोडादारका बासिन्दा हुन् । दुबै खुट्टामा गोली लागेर घाइते भएका सिंहको उपचार प्रादेशिक अस्पताल कलैयामा भइरहेको छ ।

गत कार्तिक १३ गते प्रिन्सिपल स्वर्णाकारको गोली हानेर हत्या भएको थियो । घटनाको तीन दिन पश्चात प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । सिंह भने फरार थिए ।

प्रिन्सिपल स्वर्णाकारको हत्यामा आठ जनाको संलग्नता रहेको प्रहरीले बताएको छ । उनको हत्या आरोपमा यसअघि बाराको कलैया उपमहानगरपालिका–२ बस्ने राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह प्रहरी हिरासतमा छन्

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...