निकेश खनाल
बर्दिवास
महोत्तरीको पुराना कम्युनिष्ट नेता प्रेम बहादुर रानाले २ हजार ३६ साल भाद्र २४ गत्ते जनकपुरमा भएको बिशाल आमसभा पछी भएको जिल्ला ब्यापि बिरोध सभाले कम्युनिष्ट आन्दोलन चर्काएको बताएका छन। मंगलवार उनको निजी निवास हात्तीलेटमा आज्ञा खबर अनलाईन पत्रिका तथा आज्ञा खबर युटुब च्यानल संग कुराकानी गर्ने क्रममा उनले सो कुरा बताएका हुन। नेता रानाले गाउँघरका जाली फटहालाई कारवाही गर्ने क्रममा प्रतिक्रियाबादीले प्रशासनलाई गुहार्दा अफु पक्राउ पर्ने क्रममा प्रहरीले उनिमाथी चलाएको गोली लागेर उनको भतिजा कृष्ण बहादुर रानाले शाहदत प्राप्त गरेको बताए।
हेर्नुहोस राना संग गरीएको कुराकानी