निकेश खनाल
बर्दिवास
महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेनुकुमारी महतो चढ्ने सरकारी गाडीमा गएराति आगो लगाइएको छ।
गौशाला– नगरपालिका १ रामनगरस्थित उपमेयरको आफ्नै घर अगाडि पार्किङ गरेर राखिएको महतो चढ्ने प्र–२–००२–०००१ झ ०००५ नम्बरको बोलेरो गाडीमा गएराति अज्ञात ब्यक्तिले आगो लगाई फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलिप गिरीले जानकारी दिए।
‘मध्यराति अज्ञात व्यक्तिले पेट्रोल छर्केर गाडीमा आगो लगाएका हुन्।
आगजनीबाट गाडिको अगाडी र पछाडिका एकएक वटा चक्कामा क्षति पुगेको छ।’
आगजनी गर्ने व्यक्ति तत्कालै फरार भएकाले पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए।
प्रहरीले घटनास्थलबाट दुईवटा पेट्रोलको बोतल बरामद गरेको छ। घटनाका विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।