आज्ञा खबर
काठमांडौ
काठमाडौँ – नेपाली कांग्रेस बागमती प्रदेशको पहिलो प्रदेश सम्मेलन शनिवार काठमाडौंमा हुँदैछ । सो सम्मेलनको उद्घाटन सभापति शेर बहादुर देउवाले गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ।
सम्मेलनमा ७८२ जना प्रदेश सम्मेलन प्रतिनिधि तथा बागमति प्रदेशभित्रका कांग्रेस सांसद, क्षेत्रिय सभापति लगाएतको सहभागीता हुने नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए ।