सिन्धुलीको मरिणमा चौथो मरिण महोत्सव शुरु

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
स्थानीय स्रोत साधनको प्रयोग गरी स्थानीय उत्पादनलाई प्रवर्धन र प्रोत्साहन गरौँ”भन्ने मुल नारा सहित उद्योग वाणिज्य संघ मरिण शाखाको आयोजना तथा मरिण गाउँपालिकाको आर्थिक सहयोगमा सिन्धुलीको मरिण गाउँपालिकामा शुक्रबारदेखि चौथो मरिण महोत्सव शुरु भएको छ । महोत्सवको उद्यघाटन नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले गरेका छन।
महोत्सवमा स्थानीय कृषि उत्पादन प्रवर्धनलाई विशेष प्राथमिकतामा राखिएको छ । स्थानीय कृषि उत्पादन प्रवर्धनको लागि १० वटा स्टल कृषकहरुलाई निशुल्क उपलब्ध गराइएको उद्योग वाणिज्य संघ मरिणका अध्यक्ष चिनध्वज बोम्जनले जानकारी दिए ।
महोत्सवमा जम्मा १ सय ५० वटा स्टल राखिएको छ । मेला आजबाट १६ गते सम्म सन्चालन हुने बताईएको छ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरूबाट साङ्गीतिक मनोरञ्जन दिनेछन् ।
यसैबिच मरिण गाउँपालिकाले आज सार्बजनिक विदा दिएको छ । “स्थानीय स्रोत साधनको प्रयोग गरी स्थानीय उत्पादनलाई प्रवर्धन र प्रोत्साहन गरौँ” भन्ने मुल नारा सहित सुरु भएको चौथो मरिण महोत्सवको उद्घाटनको दिन विदा दिइएको मरिण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम दर्जिले जानकारी दिए ।