केपी ओली कप टी-२० क्रिकेट: मधेसका कप्तान हरिशंकर शाह  सर्वोकृष्ट खेलाडी

[sharethis-inline-buttons]

बर्दिबास  । केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोकृष्ट खेलाडी  मधेस प्रदेशका कप्तान हरिशंकर साह   घोषित भएका छन् । विजेता साहले सर्वोत्कृष्ट खेलाडीको उपाधि सँगै नगद रू  ३५ हजार  पुरस्कार समेत प्राप्त गरेका छन् । 

त्यसैगरी  प्रतियाेगितामा  वेष्ट ब्याटर बागमती प्रदेशका रित गौतम र वेष्ट बलर बागमतीकै कप्तान सन्दीप लामिछाने घोषित भएका छन्  । गौतमले प्रतियोगिता भर १७० रन र लामिछानेले १० विकेट लिएका थिए । गौतम र लामिछानेले २०-२० हजार प्राप्त गरे ।

फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेस प्रदेशले केपी ओली कप क्रिकेटको उपाधि हात पारेकाे हाे ।