केपी ओली कप क्रिकेट प्रतियोगिता मधेश प्रदेशले जित्यो

[sharethis-inline-buttons]

आज्ञा खबर
पोखरा
केपी ओली कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको पोखरामा आज सम्पन्न फाइनल खेमामा मधेश प्रदेश बिजयी भएको छ ।

खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै मधेश प्रदेश बिजेता बनेको हो ।

जितका लागि १ सय ३६ रनको लक्ष्य पछ्याएको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २४ रनमात्र जोड्न सक्यो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ३२ रन, विवेक यादवले २५ तथा भिम शार्कीले २२ रन ल्याएपनी पराजय ब्यहोर्नु पर्याे ।

मधेश प्रदेशका लागि कप्तान हरि शंकर साहले सर्वाधिक ४ तथा प्रदिप पासवानले २ र पार्थिक यादवले १ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३५ रन जोड्यो । मधेश प्रदेशका लागि विशाल पटेलले अविजित ४९ रन तथा हरि शंकर साहले २७ रन बनाए ।

आर्मीका शहाब आलम र विवेक यादवले समान ३–३ विकेट हात पारे । आजको जित संगै मधेश प्रदेश राष्ट्रिय स्तरमा यो बनेको हो ।