सिन्धुली कारागारमा रहेका एक जना थुनुवाको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर
सिन्धुली
सिन्धुली कारागारमामा बिहिवार राती एक थुनुवाको ज्यान गएको छ । ज्यान जानेमा सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर १० का ३० बर्षीय बिमल मगर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिए ।

गएराति साँढे तिन बजे कारागारमा सुतिरहेको समयमा थुनुवा मगर एक्कासी चिच्याएपछि अन्य कैदीहरु उनि सुतेको ठाउँमा जाँदा बेहोस अवस्थामा देखेपछि जिल्ला कारागार सिन्धुलीका प्रहरीले उनलाई सिन्धुली अस्पताल लगेका थिए । तर अस्पताल पुर्याउनासाथ चिकित्सकले मगरको मृत्यु भइसकेको जनएको छ। मृतको शव सिन्धुली अस्पतालमै राखिएको छ । यता मृतकका आफन्तले भने प्रहरीको लापारर्बाहीको कारण मृत्यु भएको भन्दै मदन भण्डारी राजमार्ग ठप्प गराएका छन् ।