तिहारको चौथो दिन आज गोवर्द्धन पूजा गरिँदै

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास

हिन्दु नेपालीहरूको पर्व तिहार अर्थात् यमपन्चकको चौथो दिन आज गोवर्द्धन पूजा गरी मनाइदैछ ।
कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहार पर्व अन्तरगत यमपन्चकको चौथो दिन गोवर्द्धन पर्वतको पूजा गर्ने गरिन्छ ।

आजका दिन बिहानै आ–आफ्नो आँगनमा लिप पोत गरी गोवर्द्धन पर्वतको प्रतीकका रूपमा गाईको गोबरले पर्वतको आकृति बनाई गोवर्द्धन पूजा गरिन्छ ।

द्धापर युगमा भगवान् श्रीकृष्णले आफ्नै हातले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई ठूलो वर्षाका कारण हुने क्षतिबाट बचाई इन्द्रको घमण्ड नष्ट गरेकाले त्यसै बेला देखि गोवर्द्धन पर्वतको पूजा गर्ने चलन सुरु भएको धार्मिक विश्वास रहिआएको छ ।

यस्तै आजै महादेवको बहनाका रूपमा रहेको गोरुको पूजा गरी रोटी, बाबर, पिठो आदि खानेकुरा खुवाउने चलन रहेको छ । आज साँझ पुरुषहरू सामुहिक रुपमा जम्मा भएर देउसी खेल्ने परम्परा समेत रहेको छ । त्यसै गरी नेवार समुदायले भने आफ्नै शरीरको पूजा गरी ‘म्हपूजा मनाउँदै छन् । आत्मा नै सबैभन्दा ठुलो र महत्त्वपूर्ण भएकाले आत्मपूजा गर्ने परम्परा भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...