महोत्तरीका युवाहरुले गरे टिकटक बन्द गर्ने निर्णयको स्वागत

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीका युवाहरुले सरकारको टिकटक बन्द गर्ने निर्णयको स्वागत गरेका छन् ।

सोमबार साँझ महोत्तरीको जलेश्वर नगरपालिका ९ प्रकौलीमा टिकटक बन्द संघर्ष समितिका संयोजक सुमनकुमार चौधरीसहितका युवाहरुले टिकटक बन्द अंकित प्रिन्टेड कागज जलाउँदै दिप प्रज्वलन गरेर सरकारको निर्णयलाई स्वागत गरेका हुन् ।
उनिहरुले नेपाल सरकार जिन्दावाद भन्दै नाराबाजी गरेर कोण सभा समेत गरेका थिए ।
कोण सभामा सरकारले गरेको यो निर्णय निकै सराहनीय र स्वागतयोग्य रहेको संयोजक चौधरीले बताए । टिकटकका कारणले नेपाली संस्कृतिमाथि भइरहेको नकारात्मक प्रहारलाई रोक्न सरकारले गरेको यो निर्णयबाट पछाडि नहट्न उनले आग्रह गरेका छन् ।

चौधरीले मंगलवार साँझ पनि जनकपुरधाममा सरकारको यो निर्णयलाई स्वागत गर्दै दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको जानकारी दिए । उनले सो कार्यक्रममा धनुषा, महोत्तरी, सिरहा लगायतका युवाहरुको सहभागिता रहने बताए।

महोत्तरीका युवाले टिकटक बन्द गनुैपर्ने भन्दै संघर्ष समिति गठन गरेरै तीनै तहको सरकारलाई ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराउँदै आएका थिए ।
अघिल्लो दसैँदेखि नै टिकटक बन्द गर्नुपर्ने भन्दै उनिहरुले पटक पटक आन्दोलन समेत गर्दै आएका थिए।