गाईको पूजा गरी आज गाई तिहार मनाइँदै

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
आज गाईको पूजाआजा गरी गाई तिहार मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्पराको रुपमा रहदै आएको हो ।
गाईको दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । गाई नेपालको राटिय जनाबर पनी हो।
स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति प्रदान गर्ने भएकोले हिन्दु सनातन धर्ममा गाईको महत्व माता लक्षमी जजिकै रहेको बताइएको छ ।

आजका दिन गाईको पूजा गरी मिठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिन गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानाएको छ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जान वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...